Light Nepal

काठमाडौं महानगरमा काँग्रेसको नाम सिफारिसमा ब्यापक बिबाद, नाम तत्काल सच्याउन नेताहरुको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस काठमाडौं महानगर समितिले बिहीबार काँग्रेस नेता प्रकाशमान सिंह पत्नी श्रृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जीत, हरिप्रभा खड्गीको नाम सिफारिस गरेको छ ।
तीर्थराम डंगोल, बाबुराम आचार्य, सागर भट्टराईलगायतका एक दर्जनभन्दा बढी नेताहरुको नाम महानगरले सिफारिस नै गरेन ।
यसपटक काँग्रेसले पाएको काठमाडौं महानगरको मेयर पदमा श्रृजना सिंहले नै लड्ने सम्भावना बलियो देखिएको भएपनि पार्टीभित्रका आकाँक्षीहरुले बिरोध जनाएका छन् ।
काँग्रेसका काठमाडौं महानगरपालीकाका ३२ वटै वडाबाट मेयर पदका लागि आकाँक्षा गरेकाहरुले बिज्ञप्ती नै निकालेर सामान्य लोकतन्त्रको मुल्यमान्यताको पनि ख्याल नगरी गरिएको महानगरको निर्णय नमान्ने बताईसकेका छन् ।
बाबुराम आचार्य र सागर भट्टराईले आफूहरुसँग छलफल नै नगरी पठाईएको सिफारिस तत्काल सच्याउन माग गरेका छन् । काँग्रेसभित्र भएको चरम गुटबन्दीको शिकार कार्यकर्तालाई नबनाउन र काठमाडौको मेयरका आकाँक्षीहरु सबैसँग छलफल गरेरमात्र पुनः नाम सिफारिस गर्न अनुरोध गर्दै संयुक्त हस्ताक्षरसहित बिज्ञप्ती जारी गरेका छन् ।
महानगरको मेयरको बिबाद यससँगसँगै शुरु भएको छ । काठमाडौंको मेयर ठाडो आदेशमा सिफारिस गरिएको हुनसक्ने भन्दै जसरी पनि नेपाली काँग्रेसलाई बिजय गराउन नाम सिफारिस पुनः बिचार गर्न केन्द्रले पनि महानगरलाई दबाब दिएको पनि स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्