भरतपुरमा रेनुको अग्रता : रेनु ९३६३, विजय सुबेदी ८०१९, पौडेल ४१९१
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् ।
पछिल्लो अपडेट अनुसार रेनु दाहालले १३४४ मतको अग्रता बनाएकी छन् । रेनुले ९३६३ मत पाएकी छन् भने एमालेबाट उम्मेदवार बनेका विजय सुबेदीले ८०१९ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११०३५ मत ल्याएर अगाडी छन् भने राप्रपाकी हिमला गुरुङले ६५२५ मत ल्याएकी छन् ।
अहिलेसम्म पाँच वडाको मत गणना सकिदा नेपाली काँग्रेसले ४ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले एक वडामा जितेको छ । काँग्रेसले वडा नम्बर १,२, ४ र ५ जितेको छ भने एमालेले वडा नम्बर ३ मा जितेको छ ।
अहिले यस महानगरको वडा नम्बर ६ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।