काठमाडौं महानगरपालिकाको मेयरमा बालेन स्थापितभन्दा ७३ सय बढीले अगाडी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार बालेन शाहले १५ हजार ४०३ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७३२३ मतले अगाडी रहेका छन् । केशव स्थापितले ८ हजार ८० मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ७ हजार ९१२ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मत पाएकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ र दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ ।