Light Nepal

नेकपा एस काेहलपुर २ को अध्यक्षमा ठकुरी

 

नेपालगन्ज : नेकपा एकीकृत समाजवादीले आफ्नो संगठन विस्तार वाड ,टाेल सम्म पुर्‍याएकाे छ।

संगठन विस्तारकै सिलसिलामा आज काेहलपुर २ मा वडा भेला गरि प्रताप सिंह ठकुरीकाे अध्यक्षतामा ४५ सदस्यीय वाड कमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्षमा सिहवहादुर मल्ल र टुकादेवि थापा सचिवमा दुर्गा सुनार, सहसचिव यामकुमारि शर्मा रहेका छन।

नगरउपाध्यक्ष प्रेमिका शाहीकाे अध्यक्षता भएको कार्यक्रममा केन्द्रीय सदस्य अव्दुल हुसेन खाँले पार्टी पुनर्गठनका वारेमा आफ्ना धारणा राखेका थिए।

प्रदेश कमिटी सदस्य केश कुमारी भुषाल, रामकृष्ण विक, जिल्ला कमिटी सदस्य तेजप्रसाद अधिकारी, युवासंघ वाँके इन्चार्ज कुश्माखर वस्याल, काेहलपुर नगर सचिव शंकर खड्का लगाएको उपस्थित रहेको थियो । कार्यक्रमकाे संचालन जिल्ला सदस्य लाेकनाथ शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्