Light Nepal

बिहानसम्म १७ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस र एमाले ६/६ वटामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आज (आइतबार) बिहानसम्मको नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित हात पारेका छन् ।

यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो । तर कांग्रेसले जित्ने क्रममा बढाउँदै लगेर बराबरी गरेको हो । यस्तै नेकपा माओवादी केन्द्रले पनि तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ । मधेसवादी र अन्य दलले भने खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्