Light Nepal

सङ्क्रमितको शव काँधमा उठाउँदै महिला, धार्मिक परम्पराअनुसार अन्त्यष्टि

काठमाडौँ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन् ।

निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो । एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा हुनुहुन्छ भने अर्कोमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला ।

शव निकाल्नुअघि टोलीले शव राखिएको स्टे«चर र वरिपरिका सामानसमेत विसङ्क्रमण ९डिसइन्फेक्ट० गरे । शवको बाहिरी तहमा विसङ्क्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे । आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पु¥याए । आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उहाँहरूले सलामी दिन छुटाउनुहुन्न । पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ । नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ । सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ ।

गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ ।

कोभिड १९ सङ्क्रमणको शुरुआती चरणमा मानिसहरु सङ्क्रमितको घर वरपर जानै डराउँथे । गाउँ वरपर व्यवस्थापन गर्न अबरोध हुन्थ्यो । सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना शुरुआती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्