Light Nepal

विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद शीतलनिवासमा

काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसद हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन्।

उनीहरु विशेष अधिवेशन माग गर्दै निवेदन र सांसदहरुको हस्ताक्षरसहित शितल निवास गएको जानकारी एक सांसदले दिए।

आज नै नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ। बैठकमा मंगलबार जारी भएको ‘विवादित’ अध्यादेशबारे छलफल हुने जनाइएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्।

मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विध्यादेवी भण्डारीले मंगबलार संवैधानिक परिषद‍ बैठकसम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्