Light Nepal

स्थायी समिति बैठकमा ओली नआएपछि…..

काठमाडौं । बुधबार बोलाइएको स्थायी समिति बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् । बुधवार दिउँसो १ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ओली उपस्थित नभएपछि बैठक प्रभावित भएको छ। ओली बैठकमा उपस्थित नभएपछि अहिले फेरी दुई अध्यक्ष छलफलमा जुटेका छन् ।

बैठक बस्न ढिला भएपछि अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल छलफलमा जुटेका हुन् । एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष उपस्थित नभएपछि फेरि अध्यक्षद्वयले छलफल सुरु गरेका हुन्।

बैठक बस्नु अघि पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । ओलीले फोन गरेर प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेको बुझिएको छ । छलफलपछि प्रचण्ड बालुवाटार पुगेका थिए। तर, ओली बैठकमा नआएपछि प्रचण्ड फेरि उनीसँग छलफल गर्न निस्किएका हुन्।

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताइए पनि ठोस छलफल हुन भने सकेको छैन।

प्रतिक्रिया दिनुहोस्