Light Nepal

मृतक कमानसिंहलाई फसाएको भन्ने गम्भिर आरोप लागेपछि नारायणकाजीले दिए यस्तो जवाफ (भिडियो हेर्नुस्)

काठमाडौ । एउटा विवादित लेनदेनको कुरा भएको भिडियो सार्वजनकि भएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादित भएका छन् । उनका कारणले कमानसिंह मानसिक तनावमा रहेको र निधन भएको भन्दै उनको परिवारले आरोप लगाए पछि उनी विवादित भएका हुन् । साथै कमानसिंह र नारायणकाजीको लेनदेन सम्बन्धी एक भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियो कमानसिंहका परिवारले नै सार्वजनिक गरेको बुझिएको छ ।

एक पत्रिकासँगको कुराकानीको क्रममा श्रेष्ठले आफु निर्दोश रहेको बताएका छन् । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहरत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुस्खी हुनेमध्ये म पनि एकजना हुँ’।

पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भए पछि उनी विवादित बनेका हुन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य) लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् । सार्वजनिक भएको भिडियो यस्तो छ ।

 

प्रतिक्रिया दिनुहोस्