Light Nepal

८ वर्ष सम्म डेट गरेर पनि विवाह गर्न र सन्तान जन्माउन नचाहने प्रेमी विरुद्ध प्रेमिकाले हालिन् मु’द्दा

एजेन्सी । लामो समय सम्म प्रेम गर्ने तर विवाह नगर्ने आफ्ना प्रेमि विरुद्ध एक युवतीले अदालतमा मु’द्दा दिएकी छन् । ८ वर्ष सम्म डेट गरेर पनि प्रेमीले विवाह टार्दै आएका थिए । उनले आजित भएर यस्तो कदम उठाएको बताएकी छन् । जाम्बियाको एन्डोलाकी एक युवतीले आफ्ना प्रेमीमाथि मु’द्दा हालेकी हुन् ।

ति युवती विवाह गरेर सन्तान जन्माउन चाहन्थिन् तर प्रेमी भने त्यसका लागि तयार थिएनन् । त्यसैले उनले प्रेमी विरुद्ध उजुरी दिएकी हुन् । २६ वर्षकी गरट्रड एन्गोमाका अनुसार २८ वर्षका प्रेमी हरबर्ट सालालिकीले अहिलेसम्म विवाह गर्ने वाचा गरेका छैनन्।

अदालतले विवाहको विषयमा छिनोफानो गर्ने आशामा आफूले प्रेमीविरुद्ध मु’द्दा हालेको उनको भनाइ छ। प्रेमीले अर्का युवतीलाई सन्देश लेखेको थाहा पाएपछि आफूलाई उनीमाथि शंका लागेको पनि उनको भनाइ छ।

हरबर्ट भने आफूलाई एन्गोमासँगै विवाह गर्ने इच्छा भएको तर आफूले विवाहको खर्च धान्न नसक्ने बताउँछन्। उनले एन्गोमाले आफूलाई पर्याप्त समय नदिएको पनि आरोप लगाएका छन्। डेलीमेल

प्रतिक्रिया दिनुहोस्