Light Nepal

लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा मुम्बईको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ५१, तिलक बर्माले ३५, इशान किशनले २६, टिम डेभिडले अविजित २० तथा काइरन पोलार्डले १० रन बनाए ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण, रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले ६७, रविचन्द्र आश्विनले २१, डर्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए । मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा जित निकालेको हो । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमै छ ।

प्रतिक्रिया दिनुहोस्