Light Nepal

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

 

जेसीबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

अहिले राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन्। बिहान करीब ४ बजेतिर पहिरो गएको बताइएको छ भने अझै झरिरहेकाले पन्छाउन समस्या भइरहेको छ।

नौबिसेदेखि पोखराको पृथ्वीचोक जोड्ने पृथ्वी राजमार्ग १७४ किलोमिटर लामो छ।

प्रतिक्रिया दिनुहोस्