Light Nepal

विवाहको चर्चाबीच सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ब्रेकअप ! ‘शेर शाह’को सुपरहिट जोडीको किन भयो ब्रेकअप ?

काठमाडौँ । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । उनीहरु दुबै रिलेशनशिपमा रहेको खबर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, भर्खरै आएको एक रिपोर्ट अनुसार यी दुईले बाटो अलग गरेका छन् । धेरै वर्ष एकअर्कालाई डेट गरेपछि ‘शेर शाह’ फेम जोडीले छुट्टिने निर्णय गरेका छन् । यद्यपी उनीहरुको छुट्टिनुको कारण भने खुल्न सकेको छैन ।

सिद्धार्थ र कियारा आडवाणीको टुटेको घोषणा दुवैले अहिलेसम्म आधिकारिक रुपमा भने गरेका छैनन् । दुवैले ‘शेरशाह’ मा सँगै काम गरेपछि सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी रिलेशनशिपमा रहेको खबर आउन थाल्यो । बलिउड लाइफको एक रिपोर्ट अनुसार यी दुई अलग भइसकेका छन् र उनीहरुको ब्रेकअपको कारण भने अझै खुल्न सकेको छैन ।

फिल्म ‘शेरशाह’ मा कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको जोडीलाई दर्शकले निकै रुचाएका थिए । दुबैले जनतालाई धेरै रुवाए र त्यसपछि उनीहरुको डेटिङको खबर बढ्दै गयो । यति मात्र होइन, कियारा र सिद्धार्थ यसै वर्ष विवाह बन्धनमा बाँधिन सक्ने खबर पनि सामाजिक सञ्जालमा आउन थालेको छ । तर, उनीहरुको ब्रेकअपको खबर पनि चाँडै बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्