Light Nepal

सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्रलाई ध्वस्त हुँदै

बेइजिङ :

चिनियाँ राष्ट्रपति सी जिनपिङको कठोर शून्य कोभिड नीतिले देश मन्दीतर्फ गइरहेको बताइएको छ । भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखेका छन् ।

बेइजिङस्थित एक नागरिकले भनेका छन्, ‘म आफ्नो वरपरको आर्थिक मन्दी महसुस गर्न सक्छु। स्पष्ट छ, अर्थतन्त्र तलतिर जाँदैछ। सपिङ मलहरूमा कम मानिस, साना व्यवसायहरू हराउनु र दैनिक उपभोग्य वस्तुहरूको उच्च मूल्यबृद्धि आधिकारिक तथ्याङ्कभन्दा राम्रो प्रमाण हो। चीनमा कोभिडको कारण नभई चीनको नीतिको कारण अर्थतन्त्र संकटतर्फ गईरहेको भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखेका छन् ।

हाल आफ्नो कोभिड नीतिका कारण दैनिक चीनमा प्रदर्शनहरु हुने थालेका छन् । यसले यहाँको अर्थतन्त्रलाई थप घरासायी बनाउँदै लगेको छ । चीनको पछिल्लो परिस्थितिले विश्वव्यापी रूपमा तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्