स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प, यस्ता छन् संकल्पहरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।
एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पअनुसार :-
# हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्।
# हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।
# हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।
# हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
# हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन्
# कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।