Light Nepal

भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु : अध्यक्ष लिङ्देन

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ सम्बन्धित व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे । तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् ।

उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरामा शपथ लिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्