Light Nepal

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् ।
यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।
माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्व राजदूत लक्की शेर्पा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पार्टी छाडेका हुन् ।
उनीहरूलाई शुक्रबार एमाले अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय च्यासलमा पार्टी प्रवेश गराए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, महत्वाकाक्षी, नीतिगत तथा सांगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिछलग्गुको रुपमा कम्युनिस्ट आदर्शविपरीतका कदमप्रति पूर्णतः असहमति रहेकाले पार्टी त्याग गरेको उनीहरूले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्