Light Nepal

दाङका रोशनी र शरदको घटनामा संलग्न चार जना सार्वजनिक

दाङ :

दाङका रोशनी महतरा र शरद आचार्य ह त्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

उनीहरूको ह त्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो।

“तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु बँदेल मा र्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

गाउँकै चारजना व्यक्तिले बँदेल मा र्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । सोही धरापमा परी रोशनी र शरदको मृत्यु भएको थियो । त्यसपछि घटना लुकाउन उनीहरूले ढुंगाले टा उकोलगायत शरीरका विभिन्न भागमा आ क्र मण गरी शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।

पा सो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।

सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरूको विद्युतीय धरापमा परेर एकैसाथ मृत्यु भएको पक्राउ परेका चारजनाले बताएका छन् ।

योसँगै हेटौंडाका टिप्पर चालक सुवास थिङ र दमारगाउँ माइती घर रहेका सल्यानका सुशील थापा निर्दोष साबित भएको प्रहरीले बताएको छ ।

यी दुई आपसमा मिल्ने साथी हुन् । अघिल्लो दिन मात्रै उनीहरूले आपसमा फोन सेटहरू साटासाट गरेका थिए । त्यही सेटमा भएको फोन नम्बर गल्तीवश सुवासले शरदकी मावली हजुरआमालाई डायल गरेको तथ्य खुलेको छ ।

तर, प्रहरीको त्रासका कारण उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आएका थिए । त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको थियो । मुद्दा चलाउने तयारी गरेको थियो ।

अन्तिममा गाउँघरमै केही चर्चामा रहेका युवा र बयस्कहरूलाई निगरानीमा राखेको प्रहरीले आशंका लागेर सोधपुछ गर्दा उनीहरूको घटनामा संलग्नता पुष्टि भएको हो । त्यसपछि घटनाबारे तथ्य खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्