Light Nepal

प्रितम आचार्यको स्वरमा रहेको ‘आमा’ आउँदै

काठमाडाैं । प्रितम आचार्यको स्वरमा रहेको आमा गीत आगामी वैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ। रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

‘आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायःजसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको,’ आमा गीतका संगीतकार किरण कडेलले बताउनुभयो । गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो ।

सन्तोष बस्नेतको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रोडक्सन म्यानेजका रूपमा दिनेश राज सिवाकोटी रहनु भएको छ । गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ । गीत प्रज्ञास्वरी युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्