पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विमान दुर्घटनाबाट जोगिए
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान शनिबार भएको विमान दुर्घटनाबाट जोगिएको हो । उनी चढेको विमान प्राविधिक खराबीका कारण आपतकालीन अवतरण गराएको स्रोतले जनाएको छ ।
हवाइजहाज उडेको केही समयमै विमानमा प्राविधिक समस्या देखिएको थियो । रिपोर्टका अनुसार पीटीआई अध्यक्ष चकलालाबाट गुजरनवाला जाँदै थिए। आपतकालीन अवतरण पछि उनी आफ्नो र्यालीका लागि सडकबाट गुजरानवाला गएका थिए।
र्यालीमा पूर्व प्रधानमन्त्रीले आफ्नो पार्टीको इन्साफ स्टुडेन्ट फेडेरेसनका युवाहरूलाई सम्बोधन गरेका थिए । पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले राष्ट्रलाई अंग्रेजहरूको दासत्वबाट मुक्त गरेको दाबी गरेका इमरानले अहिले राष्ट्र अहिले फरक समस्यामा परेको छ भनेर भाषण गरेको भनी द डनले रपोर्ट गरेको छ ।