Light Nepal

निषेधाज्ञा हटेकै दिन थपिए काठमाडौमा यति धेरै संक्रमित, ५ जनाको निधन

काठमाडौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ५७२ जना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताए। आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

पछिल्लो २४ घण्टामा ११ हाजर १४४ पीसीआर परीक्षण गरिएको र योसँगै नेपालमा ८ लाख १० हजार ४८५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजमर ८१८ जना कोरोना संक्रमित निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। नेपालमा कोरोना संक्रमितकोे संख्या ५० हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोनाबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनावाट निधन हुनेको संख्या ३ सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्