काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २७ को साँझ ६ बजेको मतपरिणाम यस्तो आयो

लाइट नेपाल

काठमाण्डौ जेष्ठ ५ – काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २७ को साँझ ६ बजेको मतपरिणाम अन्तरगत एमालेको तर्फबाट वडाध्यक्षको उम्मेद्धार चिनियाँमान वज्राचार्यले १ हजार ५ सय ६८ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसको तर्फबाट योगेशकुमार खड्गीले १ हजार ३ सय ५८ मत ल्याएर एमालेलाई पच्छ्याएका छन् ।

४ हजार ९ सय ९६ मतदाता रहेको २७ वडामा ३ हजार ७ सय ७७ मत खसेको थियो । माओबादी केन्द्रका गोपाल महर्जनले ६४ मत ल्याएका छन् भने राप्रपाका अशोक तुलाधरले ८१ मत ल्याएका छन् । त्यसैगरि नयाँशक्ति नेपालका ज्ञानुरत्न महर्जनले ४० मत ल्याएका छन् ।
४ वटा मतदान स्थल रहेको २७ वडामा ७ वटा मतदान केन्द्र रहेको थियो । महिला सदस्य तर्फ एमालेकी उर्मिला महर्जनले १ हजार ४ सय २४ मत ल्याएकी छन् भने कंग्रेसकी अञ्जनी श्रेष्ठ रायले १ हजार ३ सय ६२ मत ल्याएकी छन् । त्यसैगरि माओबादी केन्द्रकी रोशनी लक्ष्मी ले २ सय ९३ मत ल्याएकी छन् भने राप्रपाकी सविनाराज भण्डारीले १ सय ८ ल्याएकी छन् ।

खुल्ला सदस्य तर्फका एमालेका नरेशमान महर्जनले १ हजार ५ सय ४७ मत ल्याएका छन् । एमालेकै अर्का खुला सदस्य परिवेशमान वज्राचार्यले १ हजार ३ सय ३३ मत ल्याएका छन् । नेपाली कांग्रेसका ललितरत्न वज्राचार्यले १ हजार २ सय ५७ मत ल्याएका छन् भने नेपाली कांग्रेसकै अर्का खुला सदस्य धर्म प्रजापतिले १ हजार २ सय ८८ मत ल्याएका छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com