कीर्तिपुर जित्दै एमालेले पूरा गर्‍यो शतक, कांग्रेस पछ्याउँदै

लाइट नेपाल

काठमाडौं जेष्ठ ५, प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहका लागि भएको निर्वाचनको जारी मत परिणाममा एमाले अगाडि छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याईरहेको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणनामा नेकपा एमालेले १०० सिट जितेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा जितेपछि एमालेले जितेका स्थानीय तहको संख्या शतक पुगेको हो ।

करिब ८ सय मतान्तरमा एमालेले मेयर र उपमेयर गरी कीर्तिपुरमा जीत हाँसिल गरेको छ । काठमाण्डौको कीर्तिपुरमा जम्मा २ सय मत गन्न बाँकी छ । एमालेका उम्मेदवार रमेश महर्जनले ८ सय मतको अग्रता लिएका छन् । उनको यो जीतलाई निश्चित जीत मानेर नै एमालेका नेता तथा कार्यकर्ताहरु बिजय उत्सव मनाउने तयारीमा छन् ।

एमालेले जितेको १०० स्थानीय तहमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा छ । प्रदेश नम्बर ३ मा एमालेले ४४ स्थानीय तह जितेको छ । यसैगरी प्रदेश नम्बर ४ नम्बरमा एमाले दोस्रो हुने देखिएको छ । प्रदेश नम्बर ४ मा एमालेले २४ सिट जितिसकेको छ भने गणना भईरहेको केही स्थानमा अग्रता लिएको छ । त्यसैगरि प्रदेश नम्बर ६ मा एमालेले २४ स्थानीय तह जितेको छ । अहिलेसम्म २४४ स्थानीय तहको मत परिणाम आएको छ । जस्मा कांग्रेसले एमालेलाई पछ्याईरहेको छ । कांग्रेसले अहिलेसम्म ९५ स्थानीय तह जितेको छ । जस्मा कांग्रेसको प्रदेश नम्बर ४ मा पहिलो बन्ने सम्भावना छ । दोश्रो संविधान सभामा सबै भन्दा ठूलो पार्टी बनेको माओवादी केन्द्रले भने अहिलेसम्म जम्मा ४५ सिट जितेको छ । माओबादी केन्द्रले प्रदेश नम्बर ६ मा धेरै सिट जितेको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com