ताजा अपडेट : पछिल्लो मतगरणानुसार चार महानगरपालिकाको मतपरिणाम यस्तो छ

लाइट नेपाल

काठमाडौं  जेष्ठ ५, बैशाष ३१ गते पहिलो चरणमा ३, ४ र ६ नम्मर प्रदेशको २८३ वटा स्थानमा निर्वाचन सम्मपन्न भएको छ । जस्मा काठमाण्डौ, लिलितपुर, भरतपुर र पोखरा गरी ४ वटा महानगरपालिका रहेका छन् ।

पछिल्लो मतपरिणामनुसार काठमाण्डौमा एमालेका मेयर उम्मेद्धार विद्यासुन्दर शाक्यले ११ हजार ८२ मत ल्याएका छन् भने कंग्रेसका मेयर उम्मेद्धार राजुराज जोशीले ७ हजार ४ सय ८९ मत ल्याएका छन् । त्यसैगरि माओबादीका सर्वाेत्तमदास डंगोलले १ हजार २ सय २६ मत ल्याएका छन् भने विवेशील पार्टीकी रञ्जु दर्शनाले ४ हजार २ सय २३ मत ल्याएकी छन् । नयाँ शक्ति पार्टी नेपालका मेयर उम्मेद्धार पवित्र बज्रार्चायले जम्मा ८९ मत ल्याएका छन् ।

अहिलेसम्मको मतपरिणामनुसार ललितपुरमा कंग्रेसले अग्रस्थान लिएको छ । कंग्रेसका मेयर उम्मेद्धार चिरीबाबु महर्जनले १५ हजार ४१ मत प्राप्त गरेका छन् भने एमालेका हरीकृष्ण व्यञ्जनकारले १३ हजार २ सय १६ मत प्राप्त गरेका छन् । माओबादी केन्द्रका दिनेश महर्जनले १ हजार ३ ५२ मत प्राप्त गरेका छन् भने साझा पार्टीका रमेश महर्जनले ६ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । नयाँशक्ति पार्टी नेपालका मदन महर्जनले भने १ सय ८ मत प्राप्त गरेका छन् ।

उता भरतपुर महानगरपालिकामा एमालेका मेयर देवी ज्ञावलीले १३ हजार ६ सय ३५ मत ल्याएका छन् भने प्रतिद्धन्द्धीको रुपमा रहेकी माओबादी केन्द्रकी रेणु दाहालले १३ हजार ४ सय ३२ मत ल्याएकी छन् । राप्रपाका बद्रि तिमिल्सिनाले ८ सय ६७ मत ल्याएका छन् भने नयाँ शक्ति पार्टी नेपालका सुर्य तिमिल्सिनाले जम्मा ५ मत ल्याएका छन् ।

देशको सबैभन्दा ठुलो महानगरपालिकाको रुपमा चिनिएको पोखरा महानगरपालिकामा भने एमालेका मानबहादुर जिसीले १३ हजार ८ सय ५८ मत ल्याएर अहिलेसम्म अग्रस्थान ओगटेका छन् भने कंग्रेसका रामजी कुँवरले १३ हजार ५ सय ५९ मत ल्याएर एमालेलाई पच्छाईरहेका छन् । अन्य स्थानको तुलनामा भन्दा पोखरामा भने नयाँ शक्ति नेपालले राम्रो मत ल्याएको देखिन्छ । नयाँ शक्तिका हुम बहादुर तमुले २ सय २४ मत ल्याएका छन् । पोखरामा राप्रपाका गीता गुरुङ्गले अहिलेसम्म जम्मा १ सय २८ मत ल्याएकी छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com