ब्रेकिङ खबर : भरतपुर महानगरको दिउसो २ बजे सम्मको ताजा अपडेट : यस्तो आयो

लाइट नेपाल

काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । शुरुवाती लिड गरेका ज्ञवाली वडा नः ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।
महानगरपालिकाको मेयरमा माओवादी केन्द्र/ कांग्रेस गठबन्धनकी रेणु दाहालभन्दा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली अघि छन् । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा ज्ञवालीले १३ हजार ६ सय ३५ मत ल्याएका छन् भने दाहालले १३ हजार ४ सय ३२ मत प्राप्त गरेकी छन् ।अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा नेकपा एमालेले लिड गरिरहेको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com