ताजा अपडेट : अहिले दिउसो २ बजे सम्मको काठमाडौं महानगरपालिकाको मतपरिणाममा यस्तो छ 

लाइट नेपाल

काठमाण्डौ जेष्ठ ५ – काठमाडौं महानगरपालिकाको मतपरिणाममा नेकपा एमालेका मेयर उम्मेद्धार विद्यासुन्र शाक्य अहिलेसम्म अग्रस्थानमा नै रहेका छन् ।

शुक्रबार मध्यान्तरको मतगरणाबाट आएको परिणाम अनुसार विद्यासुन्दर शाक्यले १० हजार ८ सय ९० मत ल्याएर अग्रस्थानमा रहेका हुन् । मतपरिणामनुसार कंग्रेसका राजुराज जोशीले भने ७ हजार ३ सय ९९ मत ल्याएका छन् ।
त्यसैगरि विवेकशील नेपाली पार्टीका मेयर उम्मेद्धार रञ्जु दर्शनाले ४ हजार १ सय ४१ मत ल्याएकी छन् भने साझा पार्टीका किशोर थापाले ३ हजार ३ सय ५१ मत ल्याएका छन् । मतगणना शुरु भएदेखि पछि पर्दै आएको माओबादी केन्द्रका मेयर सर्वाेत्तमदास डंगोलले भने अहिलेसमम जम्मा १ हजार एकसय ९१ मत ल्याएका छन् ।
त्यसैगरि उपमेयरमा कंग्रेसका हरीप्रभा खड्की श्रेष्ठले ८ हजार ९ सय २२ मत ल्याएका छन् भने राप्रपाका राजारम श्रेष्ठले ५ हजार ५ सय १० मत ल्याएका छन् । माओबादी केन्द्रका शुशीला पौडेलले १ हजार ४ सय ५९ मत ल्याएकी छन् । महानगरमा अहिले ३, ४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ मा मतगरणा भैरहेका छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com