दलहरुबीचका चुनावी तालमेल लगभग असफल

लाइट नेपाल

काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ ।
आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन ।
काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम आउन अझै एक साता लाग्ने देखिएको छ । निर्वाचन भएको ५ दिनमा चारवटै महानगरपालिकाको एक चौथाइ पनि मतगणनाको काम सम्पन्न नभएपछि अझै कति दिन कुर्नुपर्ने हो भन्ने अन्योल देखिएको छ । निर्वाचन आयोगले एक सातामा चारवटै महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्ने गरी गणनाको काम अघि बढाएको बताए पनि त्यसअनुसारको गणना हुनसकेको छैन । काठमाडौंलगायत महानगरपालिकामा ११ वटासम्म टोली बनाएर गणनाको काम भए पनि ढिलासुस्ती हटेको छैन ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com