बलिउड अभिनेत्री रीमाको यसरी गरियो दाहंसस्कार्, कलाकारहरु भए भावुक (भिडियो सहित्)

लाइट नेपाल

एजेन्सी: बलिउडकी चर्चित अभिनेत्री रीमा लागूको बिहीबार हृदयघातबाट निधन भएको छ। लागूको मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन्।रीमाको ज्वाँइ विनय वैकुलले भन्‍नु भएको छ ‘उहाँले टाउँको दुख्‍यो भन्दा हामी राति १ बजे नै अस्पतालमा लिएर आएका थियौ। तर राति ३ बजे एक्कासी हृदयघातबाट उहाँ बित्नुभयो। हामी निक्कै दु:खी भयो।’५९ वर्षीया रीमाले फिल्‍म ‘वास्तव’मा संजय दत्तको आमाको भूमिका निभाउनु भएको रीमाले ‘मैने प्यार किया, हम आपके है कौन तथा कल हो ना हो, कुछ-कुछ होता है लगायतका बलिउडका दमदार फिल्‍ममा आमाको भूमिका निभाउनु भएको थियो। यसका साथै ‘तू तू मैं मैं’ तथा ‘श्रीमान श्रीमती’ लगायतका लोकप्रिय धारावाहक टीभी सिरियलमा समेत अभिनय गर्नु भएको थियो। उहाँले मराठीमा भाषामा समेत फिल्‍म खेल्नु भएको थियो।
रीमाको निधनले बलिउड उद्योगमा ठूलो क्षति पुगेको भारतीय कलाकारहरुले प्रतिक्रिया दिनुभएको छ भने आमिर खान, काजोल, महेश मांजरेकर, ऋषि कपूर फिल्‍म निर्देशक महेश मांजरेकर सहितका कलाकारहरु उहाँको अन्तिम संस्कारमा सहभागी हुनु भएको छ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com