सिरहामा प्रचण्ड जिताएकै शैलीमा रेणुलाई जिताउने यस्तो डिजाइन

लाइट नेपाल

काठमाडौं – प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई चितवनको मेयरमा जिताउन अनेक हतकण्डा अपनाइएको बुझिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–२मा हारेका प्रचण्डलाई जबरजस्त जिताएकै शैलीमा रेणुलाई जिताउन लागेको शंका धेरैले गरेका छन् ।

कांग्रेस र माओवादीबीच चुनावी तालमेल भए पनि मतदाताले उम्मेदवारबिनाको रुख चिह्नमा हालेको मत पनि जोडेर रेणुलाई जिताउन डिजाइन बनेको स्रोतको दाबी छ । अहिले त्यस्ता मतलाई गोप्य राखिएको र पछि एकैचोटि जोडेर सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।

त्यस्तै छिटोछिटो मत परिणाम सार्वजनिक गर्दा रेणुको पक्षमा मनलाग्दी बढाएको मत नागरिकले थाहा पाउने भएपछि मतपरिणाम समेत गोप्य राखिएको छ ।

पहिला घण्टैपिच्छे मतपरिणाम सार्वजनिक गरे पनि बिहीबार दिनभरीजसो मतपरिणाम सार्वजनिक गरिएको छैन । जसकारण सञ्चारकर्मीहरु समेत आक्रोशित भएका छन् । बिहान ९ बजेपछि एकपटक पनि परिणाम सार्वजनकि भएको छैन ।

बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन्। साभार – नेपाली पत्र

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com