कतिवटा नगरपालिकामा कसले जिते ? यस्तो छ परिणाम

लाइट नेपाल

काठमाडौ, ४ जेठ । पहिलो चरणमा मुलुकका ९२ वटा नगरपालिकासहित २८३ स्थानमा भएको स्थानीय निर्वाचमध्ये ३६ वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार अहिलेसम्म एमालेले १७ वटा नगरपालिकाको मयेर पद जितेको छ भने कांग्रेस ११ वटामा जित हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले ८
नगरपालिकाको प्रमुख जित्न सफल भएको छ । पहिलो चरणमा प्रदेश नं। ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकातथा १८६ गाउँपालिका गरी २८३ स्थानीयतहमा निर्वाचन भएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com