यस्ताछन् नेतृत्वमा अएका अहिले सम्मका ६ महिला

rupani

काठमाण्डौ जेष्ठ ४- अवसर र विश्वासको वातावरण माग्दापनि गर्न सक्दैनन् भन्दै महिलालाई विभिन्न अवसरबाट बञ्चित गराईदै आएको अवस्थामा अहिले स्थानीय निर्वाचनले महिलाई केही गरेर देखाउने अवसर जुटाई दिएको छ ।

अनुभव र क्षमताको आधारमा महिलालाई प्रमुख र उपप्रमुख जस्ता पदमा पार्टीले बिरलै विश्वास गरेर अवसर नदिएपनि स्थान विषेशमा महिलाले पाएका प्रमुख र उपप्रमुखको पदमा महिलाहरुको शानदार जीत भएको छ । उम्मेद्धारीका लागि महिलाहरुले दिएका पदहरुमा महिलालाई स्थानीय जनताले विश्वास गरेर अत्यधिक मतले विजयी गराएका छन् ।

चाहे त्यो वडा सदस्य हुँदै वडाअध्यक्ष किन नहोस् या गाउँपालिका हुँदै मेयर जस्तो गरिमामय पद नै किन नहोस् महिलाहरुको शानदार जीत भएको छ । यस्ता नतिजा नै काफि छन् पुरुषले मात्र हैन महिलाले पनि काम गरेर देखाउन सक्छन् भन्ने कुरा ।

आईतबारबाट शुरु गरिएको मतगणनामा अहिलेसम्म नगर र गाउँपालिकाको नेतुत्वमा ५ महिलाहरु चुनिएका छन् । ती मध्ये मेयरमा जुम्लाकी कान्तिका सेजुवाल विजयी भएकी छन् । नेपाली कंग्रेसकी कान्तिकाले आफ्ना प्रतिद्धन्द्धीका रुपमा रहेका नेकपा एमालेका मेयरका प्रत्यासी उम्मेद्धार शान्तिलाल महतलाई ४ सय ७० मतको फरकमा हराउँदै निर्वाचित भएकी हुन् ।

जीतपछि कान्तिकाले जुम्लाको शिक्षा र बालबिबाहलाई रोक्ने पहिलो योजना रहेको बताईन् । त्यसका साथै जुम्लामा मोटरबाटो र खाद्यान्न ढुवानीमा भएका समस्या समाधानको लागि पनि आफुले नयाँ नीति सहित काम गर्ने बताईन् । निर्वाचन पुर्व पुरुषको हालिमुहाली भईरहेको जुम्लामा कान्तिको जीत र जीतपछि जुम्ला विकासको लागि उनले सुनाएका योजना पुर्ण रुपमा कार्यान्वयन हुनेमा जुम्लाबासी विश्वस्त देखिन्छन् । कान्तिकाको यो जीतले जुम्लामा नयाँ परिवर्तनको शुरुवात भईसकेको संकेत दिएको छ ।

त्यसैगरी नवलपरासी हुप्सेकोट गाउँपालिकामा पनि महिलाको जीत भएको छ । हुप्सेकोटमा नेपाली कंग्रेसकी लक्ष्मि पाण्डे निर्वाचित भएकी छन् भने उपाध्यक्षमा एमालेकी स्वतन्त्र कोपिला मल्ल विजयी भएकी छन् । परासीको हुप्सेकाट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा यी महिलाको जीतलाई त्याहाँका मतदाताहरुले उत्साहप्रद रुपमा लिएका छन् ।

अध्यक्षमा निर्वाचित लक्ष्मिले देशकै सम्वृद्ध गाउँपालिका बनाउन एक महिना भित्रै दीर्घकालिन योजना सार्वजनिक गर्ने प्रतिबद्धताले यतिबेला उनको चर्चा व्यापक छ हुप्सेकोटमा । निर्वाचन जितेपछि उनले भनिन्–“५ वर्षे कार्यकालमा गाउँपालिकालाई मुलुककै नमूना बनाउने प्रयासमा छु । मेरो योजनामा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि उत्पादनमा जोड दिएर हुप्सेकोटलाई सम्वृद्ध गाउँपालिका बनाउने छ ।” उनले अगाडी थपिन्–“मगर जातिहरुको बाहुल्य रहेको गाउँपालिकामा महिला शिक्षालाई विषेश जोड दिनेछु ।”

एमालेका निकटतम् प्रतिद्वन्द्वी मेघ बहादुरलाई २३४ मतले हराउँदै लक्ष्मि हप्सेकोट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन् । उनीसंगै सोही गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी एमालेकी कोपिला मल्लले कंग्रेसका ओम बहादुर थापालाई ५५ मतले हराउँदै जीत हाँसिल गरेकी हुन् ।

त्यस्तै चितवनको एकमात्र गाउँपालिकाको प्रमुखमा पनि महिला नै विजयी भएकी छन् । ईच्छाकामना गाउँपालिकाको नेतृत्वमा कंग्रेसकी ४३ वर्षिया गीता गुरुङ्ग विजयी भएकी हुन् । उनले एमालेका उम्मेद्वार नारायण प्रसाद अधिकारीलाई १ सय ९३ मतले पछिपार्दै जीत आफ्नो पोल्टामा पारेकी हुन् । पार्टीको महासमिति सदस्य समेत रहेकी गुरुङ्ग एकल महिला हुन् ।
गीता र लक्ष्मि जस्तै गाउँपालिकाको अध्यक्षमा म्याग्दी खिबाङ्गकी थमसरा पुन पनि निर्वाचित भएकी छन् । पुन धौलागिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम्र प्रतिद्वन्द्वीको रुपमा माओबादी कंग्रेसको गठबन्धनबाट अध्यक्षमा उम्मेद्वरी दिएका रिमप्रकाश थापालाई २ सय ९२ मतको भिन्नतामा हराउँदै पुन धौलागिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी हुन । धौलागिरी हिमालको आँगनमा जन्मिएकी थमसराले १३ वर्षको उमेरमा औपचारिक रुपमा बाह«खरी शुरु गरेकी पुनले प्राईभेटबाट एस.एल.सी हुँदै स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेकी हुन् । उनले मुदीस्थित जनविकास माविको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालि सकेकी छन् ।

 

त्यसैगरि म्याग्दी जिल्लाकै मंगला गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षमा श्रृजना के.सीले जीतेकी छन् । उनले कंग्रेस माओबादी गठबन्धनका साझा उम्मेरद्वारका रुपमा रहेकी हुमादेवी फगामीलाई दोब्बर मतले हराएकी छिन् । अहिले अनेमसंघकी जुझारु स्वभावकी रुपमा चिनिएकी जिल्ला सदस्य श्रृजनाको राजनीति यात्रा स्कूल पढदै देखि शुरु भएको थियो । स्नातक तहसम्मको अध्ययन गरेकी श्रृजना मंगला गाउँपालिकामा रहेको लाल युवा क्लवको सामाजिक अभियन्ता पनि हुन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com