बलिउडकी चर्चित अभिनेत्री रिमा लागूको निधन

लाइट नेपाल

एजेन्सी, ४ जेठ । बलिउडकी चर्चित टिभी र फिल्म स्टार रिमा लागूको निधन भएको छ । उनको मुम्बईस्थित कोकिलाबेन अम्वानी अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।

उनले मैने प्यार किया, हम आपके है कौन, कुछ कुछ होता है, वास्तव जस्ता फिल्ममा यादगार अभिनय गरेकी थिइन् । रिमा ८०–९० को दशकमा बलिउडमा आमाको भूमिकाका लागि लोकप्रिय थिइन् । पछिल्लो समय भने उनी टिभी सिरियलमा व्यस्त छिन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com