इजरायलबाट काम गरि नेपाल फर्केका युवराज खरेल ‘आरके’ को सडक दुर्घटनामा परि निधन

लाइट नेपाल

सुर्य बस्याल इजरायल – इजरायलबाट काम गरि नेपाल फर्केका युवराज खरेल ‘आरके’ शर्माको निधन भएको छ । इजरायलमा करिब १० बर्ष काम गरि नेपाल फर्केका आरके शर्माको आज झापाको दुधे-झिलझिले सडकखण्डमा साँझ बसको ठक्करबाट मृत्यु भएको हो । झापा शिवसताक्षी-८ झिलझिलेका ३५ वर्षीय ‘आरके’ र सोही ठाउँकी २८ वर्षीय सावित्रा कार्की (संग्रौला) रहेको जानकारी प्राप्त भएको छ । दुधेबाट झिलझिलेतर्फ मे. ७ प ८४४२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा स्थानीय प्रणामी मन्दिर छेउको सडकमा मे. १ ख २५३७ नम्बर बसले ठक्कर दिदा मृत्यु भएको थियो ।


इजरायलमा सबै नेपालीहरु बीच आरके शर्मा भनेर परिचित हुनुहुन्थियो । इजरायलमा रहेर सामाजिक काम देखि इजरायलमा भएका बिभिन्न कार्यक्रममा सक्रिय रहेर लागि पर्ने शर्मा अत्यत मिलनसार हुनुहुन्थियो ।  उहाँ श्रीमती संगै इजरायलमा हुनुहुन्थियो ,केहि समय पहिले इजरायलमा हुदा बच्चा जन्मेपछि ३ महिनाको छोरि लिएर नेपाल जानु भएको थियो । अहिले उहाँकी श्रीमती इजरायलमै हुनुहुन्छ ।
उहाको  मृत्युको खबर संगै इजरायलमा रहेका नेपालीहरु अत्यत मर्माहत भएका छन् । यो खबर सुने संगै अहिले इजरायलमा सबै नेपालीहरु ले उँहाको  फोटो फेसबुकमा राखेर श्रद्धाञ्जली दिदै छन् | मृतक शर्मा एन आर एन आई सि सि केन्द्रीय सदस्य सुबास खरेल ज्युका भाई हुनुहुन्छ । यस दुखद खबर थाहा पाउने बित्तिकै हामीले इजरायलका एनआरएन अध्यक्ष दिपक ओली संग टेलिफोनमा कुरा गरि घटनाको बारेमा जानकारी लिएका थियौ । इजरायल आज सोकमा डुबेको छ यसै दुखद घडी संगै इजरायलमा फेसबुकमा यसरि उँहाको  तस्बिर राखी श्रद्धाञ्जली दिएका छन्

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com