पशुपतिमा सेवा समाज भारत सामाजिक कार्यमा सक्रिय

लाइट नेपाल

जेठ ३ मुम्बई । भारतको गुजरात राज्य अन्र्तरगत सुरतमा गठन भएको पशुपति नाथ सेवा समितीले पछिल्लो समयमा सामाजीक क्षेत्रमा काम गर्न थालेको छ । बिगत १७ बर्ष अगाडी गठन भएको उक्त समितीले चेलीबेटी बेचबिखन ,भारतमा अलपत्र परेका हरुलाई उद्यार गर्ने , तथा आर्थीक स्थीती कमजोर भएर उपचार गर्न नसकेका बिरामीहरुलाई चन्दा सँकलन गरि सहयोग गर्ने र विभिन्न अस्पतालमा छुट गराउने लगायतका कामहरु गर्दै आएको छ ।
बिदेशको भुमीमा बसेका नेपालीहरुलाई कुनै पनि समस्या परेमा सहयो गर्ने उद्येश्यका साथ यो समिती गठन गरिएको समितीका अध्यक्ष अर्जुन बहादुर रावल ले बताए । भारतमा काम गर्दै विभिन्न आरोपमा जेल परेका करिब २० जना निद्र्रोश व्याक्ती लाई जेल बाट रिहाई गरिनुका साथै भारतको कोठीमा बेचियकी करिब १५ जना युवती लाई माईती नेपालमा बुझाईउको अध्यक्ष रावलले बताए । हाल सम्म समिती मा १७ हजार सदस्य रहेको र कुनै नेपाली लाई सहयोग गर्नु परेमा सदस्यहरु बाट मात्र चन्दा सँकलन गर्ने गरेको समेत उनले बताए ।
भारतमा बसेर भारतमै पढ्दै गरेका तर आर्थीक स्थीती ले पढ्न नसकेका बिद्यार्थीहरुलाई बिभिन्न बिद्यालयमा समितिले सबै शुल्क तिरेर पढाउने गर्नुका साथै प्रत्येक बर्ष विभिन्न किसिमकम सचेतनामुलक कार्यक्रम गर्दै उत्कृष्ट बिद्र्याथीलाई पुरुस्कृत गर्ने गरेको समेत अध्यक्ष रावलले बताए । साथै समितीको मुल कमिटी ३१ सदस्यीय रहेको बताए । साथै समिती विभिन्न नेपाली चाड पर्वहरुमा सास्कृतीक कार्यक्रम समेत गर्ने गरेको सास्कृतीक प्रबक्ता चुम्बकराज रेग्मीले बताए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com