जननेता मदन/आश्रित २४ स्‍मृति दिवस अछाममा पनि मनायो

लाइट नेपाल

अछाम ३ जेठ – जनताको राजनीतिमा थकाइ भन्ने हुन्न प्रतिक्रयाबादीहरुले यदि हाम्रो शांतिपूर्ण आन्दोलनलाई दबाउन खोजे भने हामी जनताको हातमा पनि दही जमेर बसेको छैन । प्रतिक्रियाबादी शक्तिहरु हामी बिरुद्द उत्रे भने हामी जनताका हातहरु पनि बांस का ठुटा होइनन हामी पनि प्रतिकार गर्छौ ।

हात्ति हिडदै गर्छ कुकुर भुक्तै गर्छ, काग कराउदै जान्छ पिना सुक्दै जान्छ हाम्रो अभियान जारी रहन्छ र निष्कर्षमा पुग्छ । राजा यदि तिमी जनताको आधिकारमा गिद्दे दृष्टि लाउछौ भने श्रीपेच खोल र चुनाबमा आउ हामी तिमीलाई जनताको बलमा हर्राई दिन्छौ नत्र टाटनामा घांस हालेको बाख्रा जस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्दे दृष्टि नलागाऊ । साथीहरु हामी माओले भने जस्तै जुत्ता हेरेर खुट्टा काटने होइन की खुट्टा हेरेर जुत्ता काटने काम गरौ अर्थात देश अनुसार क्रांतिलाई अघि सारौ, यो नेकपा एमालेका तत्कालिन माहासचिव मदन भण्डारीको भनाई हो ।

यस्ता भनाइ राख्ने नेपाली बाम, जनाबादी र लोकत्रांत्रिक आन्दोलनका नायक स्वर्गीय जननेता मदन भण्डारीको आज २४ औ स्मृति दिवश मनाईएको छ । नेकपा एमालेका संगठन विभाग प्रमुख तथा मंगलसेन नगरपालिकाका मेयरका उम्मेद्धार पदम वोहराको अध्यक्षतामा कार्यक्रम भएको थियो । र्काक्रममा वोल्दै संगठन विभाग प्रमुख वोहराले जन नेता भण्डारीले प्रतिपादन गरेको जवज को सिद्धान्त अहिले नेपाल लगायत विश्वका धेरै देशका राजनितिक दलहरुले प्रयोगमा ल्याएका वताउनु भयो । २०५० साल जेष्ठ ३ गते जितवन जिल्लाको दासढुंगामा जिप दुर्घटनामा परी महासचिव भण्डारी र कुसल संगठक जिवराज आश्रिीतको निधन भएको थियो ।

स्मृति दिवशमा नेकपा एमालेका सचिवालय सदस्य तथा मंगलसेन नगरपालिकाका उपमेयरका उम्मेद्धार सरिता उपाध्याय, प्रचार विभाग प्रमुख भीम जनाला, सचिवालय सदस्य चन्द्र वोहरा, जिल्ला कमिटी सदस्य पशुपती कुँवर, नमराज न्यौपाने, कल्लान सिंह वोगटी, जिल्ला सल्लाहाकार सदस्य देवराज जोसी, अनेरास्ववियुका केन्द्रिय सदस्य डम्वर विसि, मंगलसेन नगर संगठन कमिटी सल्लाहाकार वृख वोगटी, पत्रकार महासंघका अध्यक्ष शिवराज ढुंगाना, प्रेस चौतारीका उपाध्यक्ष कालु वोहरा लगायतले फोटोमा टिका तथा माल्र्यापण गर्नु भएको थियो । मदन भंडारी हूरी वतास भएर आए, नेपाली जनताको लागि आमूल परिबर्तनको खाका कोरे, जनतालाई लोकत्रांतिक, बामपंथी, जनवादी आन्दोलनमा सरिक गराएर गाउँ गाउँ बस्ती बस्ती चलायमान पारे, निकै चर्चा वटुले । भण्डारी र आश्रितको ज्यान जाने गरी भएको दासढुंगा घट्नाको २४ वर्ष वितिसक्दा पनी कुनै खोज तथा अनुसन्धान हुन सकेको छैन ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com