काठमाडौंमा एमालेको विजयी सुरुवात, सुवर्ण श्रेष्ठ बने शंखरापुरको मेयर

लाइट नेपाल

काठमाण्डौ जेष्ठ ३ –  काठमाडौं महानगरपालिकाको शंखरापुर नगरपालिकामा एमालेको जीत भएको छ । ११ नगरपालिकाहरुमध्ये शंखरापुर नगरपालिकामा पनि एमालेको जीत भएको हो । अन्य ११ वटा नगरपालिका जस्तै स्थानीय चुनावको नतिजा निकाल्न शंखरापुर पनि पहिलो नगरपालिका बनेको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठले ४८३३ मत प्राप्त गरेर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीलाई हराएका छन् । कंग्रेसका मेयर शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् । चुनावी प्रतिस्प्रधामा रहेको माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com