भर्खरै सम्पन्न स्थानिय निर्वाचनबाट वडाध्यक्ष बनेकी देउकुमारीको आफ्नो गाउँ बनाउने यस्तो छ योजना

rupani

काठमाण्डौ जेष्ठ ३
“मेरो कामको पहिलो शुरुवात मेरो गाउँका मनिसहरुलाई नागरिक वडापत्रको बारेमा बुझाउने र त्यसलाई कार्यान्वयन गराउने कामबाट हुनेछ  ।” यो भनाई हो फेदीखोला गाविस वडा नं. ५ बागेफड्केकी अध्यक्ष देउकुमारी गुरुङ्गको । उनी भर्खरै भएको स्थानि निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएकी हुन् ।

विद्यार्थी राजनीतिमै छँदा उनले आफ्नो गाउँको समस्यालाई नजिकबाट केलाएकी थिईन् । उनलाई आफ्नो गाउँको अनेक समस्याले सताई रहेको हुन्थ्यो । गाउँको समस्या समाधान गर्न नसक्दा उनी मनमनै पिरोलिन्थिन् पनि । समस्या अनेक भएको अवस्थामा समाधानको उपाय एक पनि नहुँदा उनलको आखाँ रात परेपछि पनि उघ्रेको उघ्रै हुन्थ्यो । जे कुरामा पनि गाउँको सोझा मानिसहरु पछि परेको कुराले उनी असैह्य बेदना छटपटि रहेकी हुन्थिन् । गाउँ विकासको लागी चाहेर पनि केही गर्न नसक्दा मनमनै पिल्सिनु शिवाय उनीसंग अरु उपाय पनि केही हुदैनथ्यो ।

सामान्य कागजपत्र नमिलेकै कारण एउटा नागरिकले नागरिकता नपाउँदा, बच्चाको जन्म दर्ता नहुँदा, कसैको मृत्युदर्ता नहुँदा, एकल महिला र वृद्धवृद्धाले सामाजिक सुरक्षा बापतको सुविधा नपाउदा उनको मन दुखिरहन्थ्यो । उनी यी यस्ता समस्या समाधान गर्ने आफु एउटा साधक बन्न चाहान्थिन् । उनको यो चाहानालाई स्थानिय निर्वाचनले पुरा गरिदिएको छ । उनी भन्छिन्–“यो मेरो लागी सुनौलो अवसर हो । यो अवसरलाई मैले जनतामा समर्पित भएर पुरा गर्नेछु ।” मैले आफ्नो गाउँ बनाउने अवसर बल्ल पएकी छु । जीत पछि निकै उत्साहित हुँदै उनले भनिन् ।

३३ वर्षिय देउकुमारीको राजनीतिक यात्रा पोखराको पृथ्वि नारायण क्याम्पसबाट शुरु भएको हो । वि.सं. २०५८ सालमा एस.एल.सी उत्र्तिण गरेर उच्च शिक्षाको लागी स्याङ्जाबाट पोखरा गएकी देउकुमारी स्ववियुमा हुने राजनीति कृयाकलापबाट प्रभावित भएको बताउँछिन् । पारिवारीक वातावणमा उच्चशिक्षा पुर्व कहिले पनि राजनीति नसुनेकी र नबुझेकी देउकुमारीले क्याम्पसमा भने अनेरास्ववियुको क्रियाकलाप र एजेण्डाबाट आफु प्रभावित बनेको पनि बताईन् । बिस्तारै बिस्तारै राजनीति बुझ्दै गएपछि अखिलको प्यानलबाट आफ्नो पहिचान गराउन सफल भईन् देउकुमारी ।

विद्यार्थी राजनीतिबाट उदायकी देउकुमारी आज आफ्नै वडाको वडाध्यक्ष हुन सफल भएकी छन् । उनी भन्छिन्–“वडाध्यक्षको टिकट पाउँछु भन्नेमा मलाई विश्वास लागेको थिएन । तर पाएँ । पार्टीले मलाई विश्वास गरेकोमा म पार्टीप्रति कृतज्ञ छु । र याहाँको जनताले मलाई आफ्नो अमूल्य मत दिएर जिताएकोमा म आभारी पनि छु । यो जीत मेरो मात्र जीत हैन । याहाँका सबै जनताको जीत हो र यस्लाई मैले मेरो जिम्मेवारीको रुपमा लिएकी छु ।”

समाजशास्त्रमा स्नातक तहसम्मको पढाई सिध्याएकी देउकुमारीले सामाजिक विषयहरुलाई सजिलैसंग बुझेको बताउँदै ती विषयहरुमा आफुले जनतालाई सुसुचित गर्दै काम गर्ने पनि बताईन् । जनताको विश्वासमा वडाध्यक्ष हुन सफल देउकुमारीले गाउँविकासका लागी शिक्षा, स्वास्थ्य र भौतिक संरचनामा योग्य व्यक्ति खटाएर काम गर्ने आफ्नो योजना रहेको पनि बताईन् । आफुले बनाएको योजनालाई जसरी पनि प्रभावकारी रुपमा कार्यान्वयन गरेर देखाउने छु भन्छिन् भर्खरै सम्मपन्न स्थानिय निर्वाचनबाट वडाध्यक्ष चुनिएकी देउकुमारी गुरुङ्ग ।

स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधि जनतासंग प्रत्यक्ष सम्पर्कमा रहन्छन् । उनीहरुले आफ्नो ठाउँको विकासका लागि गरेका प्रतिवद्धता संसदिय निर्वाचनमा गरेका प्रतिवद्धता भन्दा फरक हुन्छन् । नागरीककै माझमा बसेर नागरीकका लागि काम गर्नुपर्ने भएकाले उनीहरुको प्रतिवद्धताले खास महत्व राख्दछ । त्यसैले देउकुमारी आश्वासन बाड्ने नेता होईन प्रतिवद्धता कार्यान्वयन गर्ने नागरीकको कार्यकर्ता बन्न सकिन भने मात्र उनी सही अर्थमा गाउंँको नेता बन्नेछिन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com