सभागृहबाट एमालेले यसरी निकाल्यो विजयी र्याली (फोटो फिचर)

लाइट नेपाल

काठमाडौ, ३ जेठ । काठमाडौं महानगरपालिकाको वडा नंम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। विजयी घोषणा लगत्तै एमाले पार्टीका कार्यकर्ताले विजयी र्याली निकालेको छन् ।

काठमाडौमा एमालेले विजयको खाता खोलेपछि उत्साहित एमाले कार्यकर्ता राष्ट्रिय सभागृहमा भेला भएर र्याली निकालेका हुन् ।
बडा १ मै महिला सदस्यमा एमालेकी सरला तन्डुकारले ८८१ मत र खुल्ला बडा सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ मतल्याएर विजयी भए । अरु दुई सदस्य पदमा भने कांग्रेस विजयी भयो ।

 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com