शान्ति लिम्बुको मिलीजुली उपन्यास अब बजारमा

rupani

काठमाण्डौ ३१- शान्ति लिम्बुको मिलीजुली उपन्यास शनिबार एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ । निम्बन पब्लिकेशनको आयोजनामा वरिष्ठ साहित्यकार, लेखक, समाजसेवी, बुद्धिजीवि लगाएत सबैको उपस्थितिमा ललितपुरमा उपन्यासको बिमोचन गरिएको हो ।

प्र्रमुख अथितीका रुपमा रहेका प्रज्ञाप्रतिष्ठानका पुर्व उपकुलपति एवं कवि बैरागी काँईलाले नेपाली ईतिहाँसमा परिजात पछि उपन्यासकारको रुपमा नेपाली महिलाहरुको खडेरी नै लागेको बेला शान्ति लिम्बुले आफुलाई उपन्यासकारको रुपमा चिनाउनु नेपाली साहित्यको लागि र समग्र महिलाहरुको लागि यो एउटा आशा र खुशी कुरा भएको बताएका थिए ।

कवि बैरागी काँईलाले उपन्यास केवल परिकल्पनाको आधारमा लेखिने विषय नभएको भन्दै उपन्यास लेख्नको लागि धेरै नै गहन अध्ययन र चिन्तन चाहिने भएको हँदा यो कुरालाई शान्तिले आत्मासाथ गरेर मिलीजुली नेपाली समाजमा दिएकोमा आफुलाई निकै खुशि लागेको बताए । उनले आगामी दिनहरुमा निरन्तर कलम चलाउन उपन्यासकारलाई आग्रह समेत गरेका थिए ।

एकल महिलाको संघर्ष र महिला सशक्तिकरणको विषय नै मुख्य बनाईएको उपन्यासमा जातिगत भाषा र संस्कृतिको कुनै पनि पहिचान नउठाईएकाले यो उपन्यास समग्र राष्ट्रको हीतमा भएको वरिष्ठ साहित्यकार एवं समालोचक गोविन्द भट्टराईले बताए । मिलीजुलीको बिमोचन समारोहको सन्दर्भमा एक हजार प्रति छापिएको बताउँदै शुरुवाति दिनमा नै यति धेरै प्रति छापिनु सकारात्मक भएको समालोच भट्टराईले बताए ।

समालोच भट्टराईका अनुसार पछिल्लो समयमा देशमा विभिन्न जातिगत पहिचानको आधारमा भूगोल र क्षेत्रलाई बाँडेर आधिकारको लडाई लड्दै गरेको यो समयमा मिलीजुली उपन्यासकी लेखिका आफंै पनि लिम्बु हँदा हुँदै यी कुराहरुलाई उपन्यासमा समावेश नगर्नु भनेको राष्ट्रियतालाई झल्काईएको हो भन्दै यो एउटा सर्जकको लागि निकै नै सकारात्मक भएको बताईएको थियो । यसै सन्दर्भमा लेखिकालाई  जातिय विषय वस्तु र भाषा संस्कृतिदेखि टाढै रहेर आफ्ना कलम चलाउन उनले आग्रह समेत गरेका थिए ।

कार्यक्रममा चर्चित लेखक उपेन्द्र सुब्बाले उपन्यास आख्यान विधीबाट लेखिने भएको हँुदा यो जो कोही पनि साहित्यमा कलम चलाउँछु भन्ने श्रष्टाको क्षमताको विषय होईन भन्दै शान्ति लिम्बुको उपन्यास पुर्ण आख्यान विधीमा उतारिएको हुँनाले मिलीजुली उपन्यास साहित्यको पाटोमा पुर्ण उपन्यास भएको अभिव्यक्ति दिए ।

समाजसेवी तथा लेखिका शुशिला श्रेष्ठले यो समयमा अहिले पनि महिलाको कुनै पनि श्रमलाई राज्यले मूल्याङ्कन गर्न नसकेको अवस्थामा उपन्यास मिलीजुलीले गरेको हँुदा समाज परिवर्तनको लागि यस्ता उपन्यासहरु अझै लेखिनु पर्छ भन्दै महिलाको उच्च मूल्याङ्कन गरेको हुनाले लेखिकाप्रति आफु निकै नै प्रभावित भएको बताईन् । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने साहित्य सर्जगहरुको उपस्थिति रहेको थियो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com