चेल्सीले जित्यो इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि

लाइट नेपाल

काठमाडौं, ३० वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो ।चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । यहि सिजन फ्रान्सेली क्लब मार्सेइलीबाट चेल्सी आएका बात्सुईको प्रिमियर लिगमा पहिलो सिजन खराब रह्यो । तर चेल्सीका लागि उनले विजयी गोल गरे ।

७६ औं मिनेटमा सबस्टिच्युडको रुपमा मैदान छिरेका उनले त्यसको ६ मिनेटपछि गोल गर्दै चेल्सीलाई तीन अंक दिलाए । त्यही तीन अंकका कारण चेल्सी दुई खेल बाँकी हुँदै उपाधि जित्न सफल भयो । २३ वर्षका बेल्जियमका बात्सुईको यो विजयी गोल स्टामफोर्ड ब्रिजमा उनको करिअर सुनिश्चित गर्नका लागि सहायक हुने विश्लेषण गरिएको छ । इंग्लिस फुटबलको डेब्यु सिजनमा निराशाजनक प्रदर्शनका कारण समस्यामा रहेका उनले उपाधि गोल गर्दै आफूलाई सम्भावना भएको खेलाडीका रुपमा प्रस्तुत गरेका हुन् । चेल्सीले उनलाई ३३ मिलियन पाउण्ड स्ट्रर्लिङमा क्लब भित्र्याएको हो । उनले अहिलेसम्म चेल्सीबाट १८ खेल खेलका छन् र दुई गोल मात्रै गर्न सकेका छन् । चेल्सीबाट महत्वपूर्ण खेलमा प्रतितिधित्व गर्न नपाएका बात्सुईले विजयी गोल पछि ट्वीट गरेर खुशीयाली मनाएका छन् । उनले आफू आश नै नगरिको हिरो रहेको र भवानले अनएक्स्पेक्टेड हिरोलाई माया गर्ने उल्लेख गरेका छन् । चेल्सीका मिडफिल्डर सेस फाब्रिगासले पनि फुटबल अविश्वसनीय रहेको र जित निकै महत्वपूर्ण बनेको बताएका छन् ।
चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४र१५ को सिजनमा पनि उपाधि जितेको थियो । गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com