जापानको यो टापु, जहाँ महिला जानै मिल्दैन, पुरुषले गए पनि भन्न मिल्दैन

लाइट नेपाल

टोकियो । जापानमा एक यस्तो टापु छ जहाँ महिलालाई जाने अनुमति छैन । यस टापूमा युनेस्कोले विश्वसम्पदा सूचीमा राख्ने प्रस्ताव गरेको छ । जापानको दक्षिण पश्चिममा अवस्थित ओकिनोशिमा टापूमा धार्मिक कारणले केबल पुरुषहरुले मात्र जाने अनुमति पाउँछन् । जो मानिस यस टापूमा जान्छन् उनीहरुलाई उक्त स्थानबाट कुनै पनि सम्झन लायक चीज ल्याउने अनुमती छैन ।
उनीहरुलाई उक्त टापूबाट घाँस समेत ल्याउने अनुमति छैन । यस टापूको एक परामर्शदाता प्यानले विश्वको धरोहर स्थल बनाउने जनाएको छ । तर यसको अन्तिम फैसला यूनेस्कोको बैठकले गर्ने छ । उक्त बैठक जुलाईमा बस्दै छ ।टापूमा मुनाकाटा ताइशा ओकित्सुमिया श्राइन छ जहाँ समुद्रकी देवीको पूजा गरिने गरिएको छ ।ओकिनोशिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिने गरिएको थियो । प्राचिन समयबाट उक्त टापूमा महिला माथि धार्मिक प्रतिवन्ध लगाइएको थियो जुन अहिले पनि मान्दै आइएको छ ।उक्त टापूमा पुग्ने पुरुषले पहिला नग्न भएर शुद्धिकरणको नियम पालन गर्नुपर्ने छ । र, टापूको यात्रा गरेको कसैलाई पनि भन्न नहुने विश्वास लिने गरिएको छ । जापान संदेश

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com