समुन्द्रभित्र सुटिङ गर्दागर्दै पोर्नस्टारलार्इ सार्कले टोकेपछि…..

लाइट नेपाल

एजेन्सी । समुद्र भित्र विकनीमा हट फोटोसुट गराइरहेकी पोर्न स्टार तथा मोडल मौली कावल्लीलाई सार्क माछाले टोकिदिएपछि आपत परेको छ ।मौलीले फ्लोरिडा कोस्टको समुद्रमा सार्क माछाको विचमा हट फोटो सुट गराइरहेकी थिइन् त्यसैबेला १० फिटको सार्क माछाले उनको खुट्टामा टोकिदियो ।
सार्क माछाले टोकेपछि उनको खुट्टाबाट निस्केको रगतले पानी नै रातो भएको थियो । उनी सार्कबाट बच्नको लागि पिँजडा भित्र बसेर पानीमा पसेकी थिइन्, तर सार्क माछाको अगाडि त्यो पिँजडाको कुनै काम भएन । सार्कले हमला गरेको भिडियो क्यामेरा पर्सनले कैद गर्न पनि भ्याए । पानीमा पस्नु अगाडि मौली निकै रोमान्टिक थिइन् ।

स्वीम सुट लगाएर पानीमा पसेकी मौलीले डान्स समेत गरेकी थिइन् । तर एक्कासी उनलाई सार्कले हमला गरेपछि उनी चिच्याउन पुगिन् । उनलाई तत्काल डुंगाबाट बाहिर निकालियो । उनलाई लेमन सार्कले हमला गरेको थियो । यो माछाले सामान्यतया मानिसलाई आक्रमण गर्दैन । तर मौलीलाई आश्चर्यजनक तरिकाले आक्रमण गरेको थियो । मौली एक मोवाईल विज्ञापनको सुटिङ्गको लागि समुद्र भित्र पसेकी थिइन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com