हारेपनि रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

लाइट नेपाल

काठमाडौं, २८ वैशाख । साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो ।
फाइनलमा पुगेको रियल मड्रिडले बनाएका केही कीर्तिमान
रियल मड्रिड युरोपियन कपरच्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरै पटक पुग्ने क्लब हो । रियल अहिलेसम्म १५ पटक फाइनलमा पुगेको छ । दोस्रो स्थानमा एसी मिलान छ । मिलान ११ पटक फाइनलमा पुगेको छ । सन् १९५६ देखि १९६० सम्म लगातार पाँचपटक उपाधि जितेपछि रियल मड्रिड पहिलो पटक लगातार दुई सिजन फाइनलमा पुगेको हो ।
रियल मड्रिडले च्याम्पियन्स लिगमा अहिलेसम्म चार सय ९९ गोल गरेको छ । च्याम्पियन्स लिगमा ५०० गोल गर्ने पहिलो टिम बन्नका लागि उसलाई अब मात्रै एक गोलको खाँचो छ । रियल मड्रिडले यसअघिका १४ फाइनलमा ११ पटक जितेको छ । युभेन्टसले दुई पटक उपाधि जितेको छ भने ६ पटक फाइनलमा पराजित भएको छ । जनु फाइनलमा हारमा कीर्तिमान हो । प्रतियोगिताको नाम युरोपियन कपबाट च्याम्पियन्स लिग बनेपछि रियल र युभेन्टस छैटौं पटक फाइनलमा पुगेका हुन् । उनस एसी मिलानले बनाएको कीर्तिमानसँग बराबरी हो । एथ्लेटिको मड्रिड उही प्रतिद्वन्द्वीबाट लगातार चार सिजन पराजित हुने पहिलो टिम हो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com