प्रधानसेनापतिज्यु ,राष्ट्रघाती नेताहरुको अन्त्य गर्न सेनामा पुनःप्रवेशको अनुमति दियोस भन्दै एक पुर्वसैनिक

एक पुर्वसैनिक जयबहादुर ठगुन्नाले प्रधानसेनापतिलाई लेखेको मार्मिक पत्र !
लाइट नेपाल

देशको बिग्रदो राजनैतिक स्थितिले आक्रान्त भएका नेपाली सेनाका एक पुर्व सैनिक जयबहादुर ठगुन्नाले प्रधानसेनापतिलाई सामाजिक संजाल मार्फत एउटा खुला पत्र लेख्दै मार्मिक अनि आक्रोशित पोस्ट गरेका छन् |सेनाले सत्ता हातमा लिएर देश र जनताको उद्दार गर्नु पर्छ भन्ने आवाज उठिरहेको बेला ठगुन्नाले पनि सेनाले नै सत्ता हातमा लिएर राष्ट्रघाती नेताहरुको अन्त्य गर्न आफु फेरि नेपाली सेनामा प्रवेश गर्न अनुमति मागेका छन् , आफ्नु फेसबुक पोस्टमा ठगुन्नाले राष्ट्रघाती नेताहरुको अन्त्य गरि देशप्रतिको कर्तब्य निर्वाह गर्ने भन्दै पुनः सेनामा प्रवेश पाउन प्रधानसेनापति समक्ष एउटा बिन्ति पत्र लेखेका छन |

हेर्नुस पुर्वसैनिक जयबहादुर ठगुन्नाको पत्र जस्ताको जस्तै
श्रीमान प्रधानसेनापतिज्यु सलामी अभिवादन ।
प्रधानसेनापतिज्यु समक्ष मेरो बिनम्र निदेन छ कि मैले २०५६ साल जेष्ट १ गते बाट पेन्सेन पाउने गरी नेपाली सेनाको सिपाही पदबाट पेन्सेनमा अवकाश प्राप्त गरी म आफ्नो घर गृस्ती गर्दै आएको छु । म कुनै राजनिती पार्टि सँग सम्बद्ध छैन । छु त केवल मेरो देश नेपाल सँग । छु त केवल मेरो राष्ट्र राष्ट्रियता र राष्ट्र अखण्डता सँग मात्र । प्रधानसेनापति ज्यु मैले बर्तमा त के भुत कालका शासकहरु सँग पनि कुनै चिजको आसा भरोसा गरेन र गर्न पनि चाहान्न । मैले नेपाली सेनामा १७ बर्ष सेवा गरे बापतको पेन्सेन र मैले आफैले आफ्ना पाखुरा बजारेर कमाएको कमाईले एक गास खान र एक सरो लागाउन मलाई प्रसस्त पुगेकै छ ।

प्रधानसेनापतिज्यु आज मैले हजुर लाई सम्बोधन गरे यो पत्र लेख्नाको अरु कुनै कारण छैन । मात्र म एउटा नेपाली नागरिक भएकोले मेरो देश प्रतिको जे जति मेरो भागमा पर्छ । त्येसको जिम्मेवारी । प्रधानसेनापति ज्यु बर्तमान नेपालको राजनिती परिदृष्य हेर्दा लाग्छ । म राती नेपाली भै सुतीको मान्छे बिहान बिउझिदा कतै गैर नेपाली त हुने होइन भन्ने तरासले मलाइ सारै सताइ रहेको हुन्छ । त्येसैले प्रधानसेनापति ज्यु बर्तमानको फोहरी राजनितीको सरसफाइ गर्नकै लागि मात्र भए पनि मेरो पेन्सेन पट्टा नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा बुझाइ पुन: नेपाली सेनाको मातहतमा देश र जनताको सेवा र राष्ट्रघाती नेताहरुको अन्त्यका लागि पुन: सेवामा समाबेस हुने इच्छा प्रकट भएकाले श्रीमान प्रधानसेनापति ज्यु मा यो निबेदन चढाउँ छु । अन्यथा नलिइ दिन हुन पनि यसै निबेदनका साथ अनुरोध गर्द छु ।
श्रीमान प्रधानसेनापतिज्युको जो निगाहा ।
-जयबहादुर ठगुन्ना
-बर्दिया शिवपुर १ पेन्सेन पट्टामा भएको ठेगना , हाल बर्दिया भुरीगाउँ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com