च्याम्पियन्स लिग फुटबलमा आज राती मोनाकोबिरुद्ध युभेन्टस खेल्दै

लाइट नेपाल

काठमाडौं, २० बैशाख(एजेन्सी) । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा आज फ्रेन्च क्लब मोनाकोबिरुद्ध युभेन्टस खेल्दैछ ।

मोनाकोको घरेलु मैदानमा खेल नेपाली समयअनुसार राती साढे १२ बजे सुरु हुनेछ । यस अघि भएको खेलमा बार्सिलोनालाई पराजित गर्दै युभेन्टस अन्तिम चारमा प्रवेश गरेको हो भने मोनाकोले बोरुसिया डर्टमुण्डलाई पराजित गरेको हो । चोटका कारण आजको खेलमा मोनाकोका बोस्चिलिया, कारिल्लो, सिडीबे मैदानमा देखिने छैनन् । यस्तै, युभेन्टसका जाकाले चोटका कारण आजको खेल गुमाउँदै छन ।

यस अघि गएराति भएको सेमिफाइनलको पहिलो लेगमा अन्तगर्त रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० पराजित गरेको छ । रियलको जीतका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा थप दुई गोल गर्दै च्याम्पियन्स लिगमा अर्को ह्याट्रिक पूरा गरेका हुन ।

यो संगै बार्सिलोनाका लियोनल मेस्सीसँग च्याम्पियन्स लिगमा धेरै पटक ह्याट्रिक गर्ने कीर्तिमानमा बराबरी गरेका छन ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com