स्थानिय निर्वाचनमा युवाको सहभागिता भन्ने नारा सहित खुल्ला कबिता बाचन कार्यक्रम सम्पन्न

दिपक खड्का

कपिलवस्तु (चन्द्रौटा), २० बैशाख । स्थानिय चुनाव नजिक आउदै गर्दा युवाहरुलाई मतदामतको रुपमा हेरिनु भनेको युवाहरुको क्षमता,सिप,परिवर्तनका लागि उनीहरुले देखाएको समर्पण र दिएको बलिदानको उपहास गर्नु भन्दा हरेक पार्टीले स्थानिय तहको निवार्चनमा युवा सहभागीता मा जोड दिन र आउदै गरेको चुनावलाई लक्षित गरी तौलिहवामा युवाहरुको सवाल र सहभागीतामा सबैको ध्यान पुगोस भनी एयझ ःबचबतजयल ९खुल्ला कबिता बाचन कार्यक्रम० सम्पन्न भएको छ । मुलुक बिकेन्द्रीकरणको सिद्धान्त अनुरुप घोषणा भएको स्थानिय तहको निर्वाचनमा युवाहरुको पहुँच बढाउन कबिता मार्फत सरोकारवालाहरुको ध्यानाकार्षण गराउन आफुले यो कबिता बाचन गरेको सुदीप चापागाईले बताए ।

 


युवा संग जोस छ, जाँगर भाका हात ।
झनै बढी सृजनशिलता छ, गरौं आत्म साथ ।।
मौका पाए राम्रैं गर्छौ शंका नमानौ है ।
काम गरी फत्ते लाउछौ काँचा नभन्नुहै ।।

यस्तै यस्तै कबिताले माहोल बनाईरहेको थियो । हाल नेपालको कुल जनसंख्याको ४० प्रतिशत भन्दा धेरै हिस्सा ओघटेका युवाहरुको नेतृत्व र उनका सवाहरुमा राजनैतिक दलहरुलाई सचेत गराउन यो अभियानको थालनी गरीएको युथ भोट नेपाल अभियानका संतोष मर्हजनले बताए । यस अभियान अन्र्तगत नेपालको काठमाडौं लगायत अन्य बिभिन्न जिल्लाहरुमा पनि बिभिन्न संघ संस्थाको अगुवाईमा कबिता बाचन कार्यक्रम र राजनैतिक दलहरुलाई ध्यानाकर्षण गराउदै आईरहेको छ । कपिलबस्तु जिल्लामा कालिका स्वावलम्बन सामाजिक केन्द्र, जिल्ला युवा संजाल कपिबस्तु र युथ भोट नेपाल अभियानको आयोजनामा कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा ९ जना युवाहरुले आफनो कबिताहरु सुनाएका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com