सुन काण्डमा प्रहरीलाई अर्काे सफलता : घटनासँग जोडिएका अर्का ब्याक्ति पक्राउ

लाइट नेपाल
मिति : Wednesday, January 11th, 2017

काठमाडौँ, २७ पुस । त्रिभुवन विमानस्थलबाट समातिएको ३३ किलो अवैध सुन प्रकरणमा प्रहरीले अर्काे सफलता हात पारेको छ । प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो (सीआईबी)ले घटनासँग जोडिएका भरिया भनिएका काभ्रे घर भएका राजन कार्कीलाई खोपासीबाट मंगलबार राति पक्राउ गर्न सफल भएको हो ।

गत पुस २१ दुबईबाट अवैधरुपमा ल्याइएको ३३ किलो सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले समातिएका थिए । प्रहरी स्रोतका अनुसार विमानस्थलबाट समातिएको सुन कार्कीलाई बुझाउनुपर्ने थियो र उनले मालिकसम्म पुगाउने जिम्मेवारी पाएका थिए । तर, कार्कीलाई नै प्रहरीले पक्राउ गर्न सफल भएपछि तस्करी गर्ने मुख्य व्यक्ति अर्थात सुन मालिक पत्ता लाग्ने प्रहरीको विश्वास छ । कार्कीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ । दैनिक नेपाल बाट

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com