खाडादेबी म्यूजिक प्रलीको जन्म -राम्रो श्रीजनालाई स्थान दिने संचालक खड्काको जानकारी

kamal

पछिल्लो पटक सर्जक /गायक हरु बाटै कम्पनि संचालन गर्ने होडबाजी चलिरहदा र कतिपय कम्पनिहरु बिस्तारै बन्द हुदै गर्दा फेरी अर्को जोसका साथ् नया कम्पनीको जन्म भएको छ  ।खाडादेबी म्यूजिक प्रालि अब केहि दिनबाटै बिभिन्न गीत संगीतको साथमा उदाउन लागेको हो  ।”कति रुन्छ मन” बाट सांगीतिक यात्रा प्रारम्भ गरेका सर्जक सहदेब खड्का द्वारा यस कम्पनीलाई संचालनमा ल्याउन लागेको हो  ।”खड्का धेरै गीतहरुबाट  आफ्नो शब्द दिदै  बिभिन्न कम्पनी धाइरहेका थिए तर अब यो समस्या टर्ने दाबि गर्छन । अब मेरो सृजना  खाडादेबीबाटै बजारमा आउन लागेको छ ” सहदेब भन्छन ।कम्पनीले बिभिन्न किसिमका गीतहरु बजारमा ल्याउने र केहि टेलीफ्लिम पनि कम्पनीले ल्याउने खड्काले जानकारी दिए।सहदेब रामेछापका जल्दा बल्दा सर्जक हुन् ।”रामेछाप मात्रै हैन सिंगो देशका कलाकारलाई एकै थलोमा ल्याउने कोसिस गर्ने छु यसै कम्पनि मार्फ़त र कलाकारको सृजना मर्न दिने छैन “सहदेब भन्छन ।हेरौ खड्काको यो उत्साह कहिले सम्म हो तर काम गर्दै छन हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com