कमल थापाले पृथ्वीजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, पृथ्वीजयन्ती मनाएकोमा थापालाई धन्यबाद दिए (फोटोफिचर )

लाइट नेपाल
मिति : Wednesday, January 11th, 2017

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पणपछि मन्तव्य दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा । तस्बिर ः कृष्णराज गौतम, रासस

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिएका छन् ।  प्रधानमन्त्री दाहालले पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् । २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रिय राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री प्रचण्डले भने–
–दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सकेन ।
–आगामी दिनमा सबै जाती, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिन्छ ।
–बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
–मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाती, वर्ग र समुदायलाई समेटेर सार्वजनिक विदा दिने मापदण्डसहितको प्रतिवेदन आएपछि समस्या हुदैन ।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।
कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ तर मुलुकमा गणतन्त्र आईसकेकाले राजतन्त्रको धेरै वकालत गरिरहन नपर्ने विश्लेषकहरुको मत पनि आउने गरेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै राप्रपाका अध्यक्ष कमल थापा । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा बुधबार आयोजित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै राप्रपाका अध्यक्ष कमल थापा । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा बुधबार आयोजित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्शेर जवरालगायत । तस्बिर : प्रदीपराज वन्त, रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा बुधबार आयोजित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्वागत गर्दै राप्रपाका अध्यक्ष कमल थापा । तस्बिर ः प्रदीपराज वन्त, रासस

पृथ्वीजयन्तीका अवसरमा आयोजित अन्य कार्यक्रमका फोटोहरु  :

 

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार गेटमा रहेको शाहको सालिकमा झण्डा राख्दै लक्ष्मण खड्का । तस्बिर ः प्रदीपराज वन्त, रासस

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार गेटमा रहेको शाहको सालिकमा माल्यार्पण गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा । तस्बिर ः प्रदीपराज वन्त, रासस

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबारको मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पणमा सहभागी हुँदै शिव सेना नेपाल । तस्बिर ः प्रदीपराज वन्त, रासस

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com