युवा पुस्ताका चर्चित गायक युबराज मगर मौलिक मौरी पन्चेबाजाको साथमा आउदै

कमल सरगम

कमल सरगम 
पौष -काठमाण्डौ
लोकदोहोरी क्षेत्रका पछिल्लो पुस्ताका प्रतिभाशाली गायक युबराज मगरको मौरी पन्चेबाजा गीत “नाच्न मन लाग्यो”को सुटिङ् सम्पन्न  भएको छ ।चर्चित मोडल पार्वती राइ र प्रकाश सपुत को अभिनय रहेको गीतको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् ।हरिनारायण चौधरीको छायांकनमा तयार गीतको सम्पादन बिष्णु शर्माले गर्दै छन ।गीतमा आवाज व्यस्त गायक युबराज मगरले भरेका छन भने महिला आवाज चर्चित गायिका टिका पुनले भरेकी छिन ।अग्रज सर्जक रमेश बिजिको शब्दमा तयार गीतको संगीत युबराज मगरकै रहेको छ ।केहि दिनमै बजारमा आउन लागेको टिपिकल मौलिक मौरी पन्चेबाजा अहिले सम्मकै फरक रहेको गीत भन्दै युबराज भन्छन “यस गीतलाई अघिल्ला गीतहरु जस्तै माया गरिदनु हुने छ र यो गीतले सिंगो मौलिकतालाई प्राथमिकता दिनेमा दुइ मत छैन ।अहिले सम्मनै मौरी पन्चेबाजा भएको गीत बजारमा आएको छैन ।”युबराजको संगीत/आवाजमा आएका अघिल्ला गीतहरु पनि निकै चर्चामा छन ।युबराजलाइ सांगीतिक यात्राको हार्दिक शुभकामना लालीगुराँस डटकम परिवार व्यक्त गर्दछ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com